पाइलटलाई कोरोना संक्रमण भएपछि मस्कोका लागि उडेको विमान बिचबाटै फर्काइयो « Khabarhub

पाइलटलाई कोरोना संक्रमण भएपछि मस्कोका लागि उडेको विमान बिचबाटै फर्काइयो


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- मस्कोमा रहेका भारतीय नागरिक लिन गएको विमान बिचबाटै फर्काइएको छ ।

एयर इण्डियाका एक जना पाइलटमा कोरोना भाइरसको संक्रमण भएको थाहा भएसँगै मस्कोका लागि उडेको विमान फिर्ता बोलाइएको हो।

शनिबार दिल्लीदेखि मस्को उडेको एयरबस ए-३२० नियो(भिटी-इएक्सआर)का पाइलटमा संक्रमण रहेको थाहा पाएपछि फिर्ता बोलाइएको हो।

उडान अघि स्वास्थ्य जाँच गर्ने टोलीले पाइलटको रिपोर्ट गल्तीले नेगेटिभ पढेपछि उक्त विमानलाई उडान अनुमति दिइएको थियो ।

तर, पछि अर्का व्यक्तिले पुन: चेक गर्दा गल्ती भएको थाहा भएपछि विमान फिर्ता बोलाइएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाइलटलाई कोरोना भएको जानकारी भएसँगै उज्बेकिस्तान पुगिसकेको विमान त्यहीबाट फिर्ता बोलाइएको हो।

भारतीय नागरिकलाई लिन उक्त विमान मस्को उडेको थियो।

उक्त विमान साढे १२ बजे दिल्ली पुगेको थियो। त्यसको साटो शनिबार नै अर्को विमान पठाइएको टाइम्स अफ इण्डियाले जनाएको छ।

चालकदल फर्किएलगत्तै क्वारेन्टिनमा पठाइएको छ। हरेक विमान उड्नुअघि चालकदलको कोरोना परीक्षण हुने गरेको छ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : १६ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको