बेलायत सरकारको अनुमतिपछि व्यक्तिगत स्पर्धाका खेल सोमबारबाट हुने « Khabarhub

बेलायत सरकारको अनुमतिपछि व्यक्तिगत स्पर्धाका खेल सोमबारबाट हुने


१८ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नोबेल कोरोना भाइरस (कोभिड १९) ले स्थगित खेलकुद गतिविधि पुन सूचारु गर्न बेलायत सरकारले अनुमति दिएको छ । शनिबार बेलुकी बेलायत सरकारले बन्द रंगशालामा व्यक्तिगत स्पर्धाका खेल गतिविधि गराउन अनुमति दिएको हो ।

मार्च दोस्रो साताबाट रोकिएका खेलगतविधि जुन १ बाट बन्द खेल स्थलमा गर्न सकिने सरकारले भनेसँगै व्यक्तिगत स्पर्धाको हर्स राइडिङ, स्नोकर लगायतका खेल सोमबारदेखि सुरु हुने भएका छन् ।

व्यक्तिगत स्पर्धाका खेल सोमबारबाट सुरु हुने भएपनि प्रिमियर लिग भने जुन १७ बाट सुरु हुने तय भएको छ । अहिले सामुहीक अभ्यासमा प्रिमियर लिग क्लबहरु व्यस्त छन् ।

टि गेम भन्दा व्यक्तिगत स्पर्धामा कम रिस्क हुने भएकाले सोमबारबाट सुरु गर्न सरकारले अनुमति दिएको हो । ‘प्रतिक्षाको घडी सकियो । ब्रिटिस खेलकुदको प्रत्यक्ष प्रशारण सुरु हुनेदिन आइसक्यो । संयमित हुँदै नियन्त्रणात्मक रुपमा खेल फर्किन्छ,’ डिजिटल, मिडिया, संस्कृति खेल राज्य सचिव ओलिभर ड्याडेनले भने, ‘बन्द रंगशालामा सुरक्षित साथ खेल्न वातावरण बनाइएको छ ।’

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १० : ४६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ