बेलायत सरकारको अनुमतिपछि व्यक्तिगत स्पर्धाका खेल सोमबारबाट हुने | Khabarhub Khabarhub

बेलायत सरकारको अनुमतिपछि व्यक्तिगत स्पर्धाका खेल सोमबारबाट हुने


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नोबेल कोरोना भाइरस (कोभिड १९) ले स्थगित खेलकुद गतिविधि पुन सूचारु गर्न बेलायत सरकारले अनुमति दिएको छ । शनिबार बेलुकी बेलायत सरकारले बन्द रंगशालामा व्यक्तिगत स्पर्धाका खेल गतिविधि गराउन अनुमति दिएको हो ।

मार्च दोस्रो साताबाट रोकिएका खेलगतविधि जुन १ बाट बन्द खेल स्थलमा गर्न सकिने सरकारले भनेसँगै व्यक्तिगत स्पर्धाको हर्स राइडिङ, स्नोकर लगायतका खेल सोमबारदेखि सुरु हुने भएका छन् ।

व्यक्तिगत स्पर्धाका खेल सोमबारबाट सुरु हुने भएपनि प्रिमियर लिग भने जुन १७ बाट सुरु हुने तय भएको छ । अहिले सामुहीक अभ्यासमा प्रिमियर लिग क्लबहरु व्यस्त छन् ।

टि गेम भन्दा व्यक्तिगत स्पर्धामा कम रिस्क हुने भएकाले सोमबारबाट सुरु गर्न सरकारले अनुमति दिएको हो । ‘प्रतिक्षाको घडी सकियो । ब्रिटिस खेलकुदको प्रत्यक्ष प्रशारण सुरु हुनेदिन आइसक्यो । संयमित हुँदै नियन्त्रणात्मक रुपमा खेल फर्किन्छ,’ डिजिटल, मिडिया, संस्कृति खेल राज्य सचिव ओलिभर ड्याडेनले भने, ‘बन्द रंगशालामा सुरक्षित साथ खेल्न वातावरण बनाइएको छ ।’

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ४६ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार