कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु, बाजुराकी २ वर्षीया बालिकामा कोरोना पुष्टि « Khabarhub

कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु, बाजुराकी २ वर्षीया बालिकामा कोरोना पुष्टि

आमा संक्रमित, बुबाको रिपोर्ट नेगेटिभ


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु भएको छ ।

बाजुरामा आज बिहान मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय सुदुरपश्चिमका निर्देशक डाक्टर गुणराज अवस्थीले जनाकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

उनले भने, “बाजुरामा आज बिहान मृत्यु भएकी २ वर्षकी बालिकाको कोरोना पोजेटिभ आएको छ । उनको आमाको पनि कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ । बाबुको भने रिपोर्ट नेगेटिभ आएको छ ।’

उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि कोरोनाका कारण नेपालमा ७ जनाले ज्यान गुमाइसकेका छन् ।

दैलेख दुल्लुका ३५ वर्षे पुरुष, सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष र अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ एक जना पुरुष गरी ७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ३ : ०० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को