कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु, बाजुराकी २ वर्षीया बालिकामा कोरोना पुष्टि « Khabarhub

कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु, बाजुराकी २ वर्षीया बालिकामा कोरोना पुष्टि

आमा संक्रमित, बुबाको रिपोर्ट नेगेटिभ


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु भएको छ ।

बाजुरामा आज बिहान मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय सुदुरपश्चिमका निर्देशक डाक्टर गुणराज अवस्थीले जनाकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

उनले भने, “बाजुरामा आज बिहान मृत्यु भएकी २ वर्षकी बालिकाको कोरोना पोजेटिभ आएको छ । उनको आमाको पनि कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ । बाबुको भने रिपोर्ट नेगेटिभ आएको छ ।’

उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि कोरोनाका कारण नेपालमा ७ जनाले ज्यान गुमाइसकेका छन् ।

दैलेख दुल्लुका ३५ वर्षे पुरुष, सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष र अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ एक जना पुरुष गरी ७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ३ : ०० बजे

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा