दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द « Khabarhub

दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।

भारतबाट आएका एक युवक क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार गराएको र उनको कोरोना आरडिटी गर्दा पोजेटिभ देखिएपछि कक्ष बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

२२ वर्षीय पुरुष मधुमेहका बिरामी हुन् । उनले अस्पतालमा सत्य कुरा नगरेपछि अहिले कक्ष बन्द गर्नुपर्ने अवस्था आएको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए ।

उनी आफू एक वर्षअघि भारतबाट आएको भन्दै आकस्मिक कक्षमा भर्ना भएका थिए । बुझ्दै जाँदा केही दिनअघि मात्र भारतबाट आएको मात्र नभई क्वारेन्टाइनबाट भागेको खुलेपछि उनको आरडिटी गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि इमर्जेन्सी वार्ड सिल गरिएको हो । उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

अहिले अन्य बिरामीको उपचारका लागि छुट्टै आपत्कालीन कक्ष स्थापना गरिएको छ । जिल्लामा स्वास्थ्यकर्मीको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालयका प्रमुख डा निरन्जन पन्तले जानकारी दिए ।

भारतबाट आएका व्यक्ति सभ्य तरिकाले क्वारेन्टाइनमा नबसेका कारण पनि जिल्लामा धेरै समस्या उत्पन्न भएको छ । प्रदेश सरकारले धमाधम मानिस जिल्ला भित्र्याएपछि स्थानीय सरकार र प्रशासनले थाम्न नसक्ने अवस्था देखिएको छ ।

अवस्था जटिल बन्दै जान थालेपछि क्वारेन्टाइनको विकल्प खोजी गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ३ : ५१ बजे

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन