सीमा सुरक्षार्थ सशस्त्रले खेलाडीसहित २ सय जनाको टोली प्रदेश २ पठाउँदै « Khabarhub

सीमा सुरक्षार्थ सशस्त्रले खेलाडीसहित २ सय जनाको टोली प्रदेश २ पठाउँदै


१८ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा खेलाडी समेत परिचालन गर्ने भएको छ ।

सशस्त्र प्रहरीले एपीएफमा आवद्ध खेलाडीहरुलाई सीमा सुरक्षार्थ खटाउने निर्णय गरेको हो ।

भारतसँगको सिमा नाकाको कडाइका लागि सशस्त्र प्रहरी बल (एपीएफ) ले १ सय जना खेलाडीसहित २ सय जनालाई प्रदेश नम्बर २ मा पठाउने जनाएको हो ।

आइतबार सशस्त्रले आन्तरिक निर्णय गर्दै लकडाउनमा सीमा नाका कडाइका लागि खेलाडीसहित २ सय जनाको टोली प्रदेश २ मा परिचालन गर्ने निर्णय गरेको हो ।

सशस्त्रले यसअघि पनि खेलाडीलाई तयारी अवस्थाा रहन निर्देशन दिएको थियो । तर आइतबार मात्रै उनीहरुलाई सीमा क्षेत्रमा पठाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण, रजत र कास्य पदक विजेता बाहेक अन्य खेलाडीलाई सीमा नाकाको सुरक्षार्थ पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ५ : ३३ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर