मन्दीप भुजको हत्या आरोपमा चार पक्राउ « Khabarhub

मन्दीप भुजको हत्या आरोपमा चार पक्राउ


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी मन्दीप भुजको हत्याको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर ६, कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, ५ निवासी २३ वर्षीय अजय बुढाथोकी र २० वर्षीय आशिष नेपाली तथा १८ निवासी २१ वर्षीय ओमबहादुर सार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

शुक्रबार राति सामान्य विवादपछि भुजको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए ।

अभियुक्तलाई जिल्ला अदालत दाङबाट १० दिन म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाइएको छ । तुलसीपुर –५ स्थित ज्ञानज्योति प्राथमिक विद्यालयको पछाडि शव फेला पारेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ५३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा