क्वारेन्टाइनमा खान नपाउँदा गाउँपालिका घेराउ « Khabarhub

क्वारेन्टाइनमा खान नपाउँदा गाउँपालिका घेराउ


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरुले आज साँझ गाउँपालिका घेरेका छन् ।

भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टाइनमा एक हप्तादेखि बस्दै आएका छन् ।

क्वारेन्टाइनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको जिकिर गरे ।

गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टाइनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : २८ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका