पहिरोको जोखिममा परेका तनहुँका ६ घरपरिवारलाई स्थानान्तरण गरिने « Khabarhub

पहिरोको जोखिममा परेका तनहुँका ६ घरपरिवारलाई स्थानान्तरण गरिने


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेका छ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ ।

गत असार २९ गते पहिरोले घर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेका ६ घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न लागेको हो ।

हाल बसिरहेको भन्दा केही माथि बस्ती स्थानान्तरणका लागि गाउँपालिकाले ६ आना जग्गा खरिद गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

गत असार २९ गते पहिरोले घर पुरिएर आम्बबहादुर थापाका दुई छोराबुहारी र एक नातिनी गरी पाँच जनाले ज्यान गुमाएका थिए । घटनापछि थापाका परिवार सोही ठाउँमै रहेको छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ५६ बजे

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्