कोरोना भाइरस : विश्वभर १ करोड ७४ लाखभन्दा बढीमा संक्रमण « Khabarhub

कोरोना भाइरस : विश्वभर १ करोड ७४ लाखभन्दा बढीमा संक्रमण


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८० हजार ३१८ जनामा संक्रमण देखिएको छ । योसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ५६ हजार  ४७५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ९ लाख २७ हजार १६० छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २२१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार ७६२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ८६८ जनाको मृत्यु भएको छ । २८ लाख ५२ हजार २०१ जना संक्रमित भएकोमा १७ लाख १५ हजार ४५२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १६ हजार २९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५४ लाख ३१ हजार १४४ पुगेको छ । त्यसमध्ये २७ लाख ९० हजार ३०३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९५ हजार ३९५ जनाको मृत्यु भएको छ । ४२ लाख १० हजार ३ जना संक्रमित भएकोमा ३१ लाख ७ हजार ६५० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४१ हजार ६१५ जनाको मृत्यु भएको छ । ४० लाख २९ हजार ४०२ जना संक्रमित भएकोमा २७ लाख ४० हजार ५०८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १९ हजार ३६५ जनाको ज्यान गएको छ भने ९ लाख १२ हजार ६२१ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ५९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २१३ जनाको मृत्यु भएको छ । १८ हजार ३७ जना संक्रमित भएकोमा १२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ११ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक