नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन « Khabarhub

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १:४० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।

लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । बिहीबार मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ४५ बजे

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा