पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए ।

गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

“हाम्रो अस्पतालमा आज बिहान एकजना कोरोना संक्रमित महिलाको मृत्यु भयो,” डा शर्माले भने, “थसिखेलकी ६५ वर्षकी महिला निमोनियाको समस्या थियो । उहाँ साउन ६ गते कोरोना पुष्टि भएर नै हाम्रो अस्पतालमा भर्ना हुनुभएको थियो ।”

स्टार अस्पतालमा चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनमा निमोनियाको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : १४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा