पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए ।

गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

“हाम्रो अस्पतालमा आज बिहान एकजना कोरोना संक्रमित महिलाको मृत्यु भयो,” डा शर्माले भने, “थसिखेलकी ६५ वर्षकी महिला निमोनियाको समस्या थियो । उहाँ साउन ६ गते कोरोना पुष्टि भएर नै हाम्रो अस्पतालमा भर्ना हुनुभएको थियो ।”

स्टार अस्पतालमा चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनमा निमोनियाको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : १४ बजे

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक