कार्यसम्पादनको परिणाम शतप्रतिशत निकाल्न गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

कार्यसम्पादनको परिणाम शतप्रतिशत निकाल्न गृहमन्त्रीको निर्देशन


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग आज भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए ।

‘राष्ट्र र जनताप्रति निष्ठावान हुने छौँ’ भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी दृढ प्रतिबद्धता जाहेर गरेकामा धन्यवाद दिँदै गृहमन्त्री थापाले राष्ट्रको विकास, समृद्धि र सुरक्षाको मुख्य जिम्मेवारी सार्वजनिक निकायको हो भने ।

विश्वमा समृद्धिको उचाइ छुने मुलुकको अध्ययन गर्दा पनि मुलुकको समृद्धिका लागि सार्वजनिक प्रशासनको मुख्य हात रहेको उनले बताए ।

“सार्वजनिक प्रशासन राष्ट्र र जनताप्रति प्रतिबद्ध भए मात्रै मुलुकले प्रगति गर्नसक्छ, जनतालाई सुरक्षा दिन सक्छ र त्यही मुलुकमा मात्रै राष्ट्रिय अखण्डता स्वाधीनता र नागरिकको सुरक्षा प्रबल छ”, गृहमन्त्री थापाले भने “समृद्धि हासिल गर्न पनि त्यसले ठूलो भूमिका खेल्छ ।”

उनले सम्झौताप्रति हस्ताक्षर गर्नु भनेको राष्ट्रको विकास, समृद्धि, नागरिकको सुरक्षा तथा सेवा प्रवाहमा निष्ठावान र प्रतिबद्धताको सपथ ग्रहण हो भने । मन्त्री थापाले अझै पनि प्रशासनिक संयन्त्रलाई सक्षम र सबल बनाउन जरुरी रहेको बताए ।

“जसले राम्रो काम गर्छ, जसले राम्रो नतिजा दिन्छ, त्यसलाई पुरस्कृत गर्ने र राम्रो नतिजा दिन नसक्नेलाई दण्डित गर्ने प्रणाली स्थापित गर्न नसक्ने हो भने राज्यले लिएको मूल लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन सकिँदैन”, उनले भने ।

उक्त लक्ष्य हासिल गर्न मुलुकले विगत केही वर्षदेखि नयाँ प्रक्रिया, विधि र तरिका अपनाई कार्यसम्पादन सम्झौता गर्दै आएको उनले जानकारी दिए । सरकारले विगत केही वर्षदेखि यस्तै प्रतिबद्धता गर्दै आएको छ । यस वर्ष गृह मन्त्रालयले निर्धारण गरेको लक्ष्यमा शतप्रतिशत परिणाम हासिल गर्न उनले आग्रह समेत गरे ।

गृहमन्त्री थापाले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

गृहमन्त्री थापाको उपस्थितिमा गृहसचिव महेश्वर न्यौपानेसँग विभिन्न सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका महाशाखाका प्रमुख, कारागार तथा अध्यागमन विभागका प्रमुखले कार्य सम्पादन सम्झौता गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : २८ बजे

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार सबाहको भेटवार्ता

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका राजकुमार शेख सबाह

प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेको भेट

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

न्युयोर्क – प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै

आज २०८१ साल असोज ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ७ गते सोमबार तदनुसार