मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीले लिए सपथ « Khabarhub

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीले लिए सपथ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका प्रा डा विश्वराज जोशीले आज मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सो अवसरमा नवनियुक्त उपकुलपति प्रा डा जोशीले हेटौँडा अस्पताल परिसरमा स्थापना हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई राष्ट्रिय, अन्तरराष्ट्रियस्तरमा मान्यता प्राप्त हुने दक्ष चिकित्सक तथा स्वास्थ्य प्राविधिक उत्पादन गर्ने स्वास्थ्य अनुसन्धान केन्द्र बनाउने बताए ।

उनले मेडिकल इञ्जिनीयरिङ विषय अध्यापन गराउने र स्वास्थ्य उपकरण मर्मत गर्ने इञ्जिनीयर उत्पादन गर्ने बताउँदै हाल हेटौँडा अस्पताल १०० श्ययामा सञ्चालन भइरहेको र थप भवन निर्माण सम्पन्नपछि ३०० श्यया पुर्‍याएर मेडिकल कलेजका रुपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

सो अवसरमा चिकित्सा क्षेत्रका विज्ञले प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न विभिन्न सल्लाह, सुझावसहित सहकार्य गर्ने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ११ बजे

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबिबिएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू