विश्वभर एकैदिन २ लाख २० हजारलाई कोरोना संक्रमण, ४१ सयभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

विश्वभर एकैदिन २ लाख २० हजारलाई कोरोना संक्रमण, ४१ सयभन्दा बढीको मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ८२ हजार ४९७ पुगेको छ ।

संक्रमितमध्ये ६९.७४ प्रतिशत अर्थात १ करोड ७७ लाख ४ हजार ७६१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ४ हजार १८२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५० हजार ५०२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार ३९७ जनाको मृत्यु भएको छ । ३५ लाख ५५ हजार १९७ जना संक्रमित भएकोमा २० लाख ६५ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७० हजार ५१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७३ लाख ११ हजार ६७१ पुगेको छ । त्यसमध्ये ४२ लाख ३ हजार ३७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४१ हजार १६७ जनाको मृत्यु भएको छ । ६९ लाख ९२ हजार ४२६ जना संक्रमित भएकोमा ५५ लाख ९९ हजार ५४९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १ हजार १३६ जनाको मृत्यु भएको छ । ६२ लाख ४३ हजार ७०७ जना संक्रमित भएकोमा ४८ लाख ३२ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ६३३ जनाको ज्यान गएको छ भने १२ लाख ५० हजार ३७५ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ७९ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६४० जनाको मृत्यु भएको छ । २८ हजार ४०० जना संक्रमित भएकोमा २३ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : ३४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग