१० महिने शिशुसहित चितवनमा थप ६७ जनामा कोरोना संक्रमण « Khabarhub

१० महिने शिशुसहित चितवनमा थप ६७ जनामा कोरोना संक्रमण


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन –  चितवनमा १० महिने शिशुसहित एकैदिन ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

आइतबार राति सार्वजनिक विवरण अनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३५ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप ११ जना गरी ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका संक्रमित १८ जनामध्ये राप्ती नगरपालिकाका १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन् ।

यस्तै गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।

यस्तै, धुलिखेल अस्पताल पठाईएका ४६७ नमुनामध्ये ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ। यीमध्ये २६ वटा अघिल्लो दिन र ३५ वटामा आइतबार पोजेटिभ पुष्टि भएको हो ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको २०१ वटाको नमूना परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड ईन्फो चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ८ : १२ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट