कोरोना संक्रमित वृद्धको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमित वृद्धको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर अस्पतालमा उपचारारत कोरोना संक्रमित एक वृद्धको आज मृत्यु भएको छ ।

अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा.प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणले मृत्यु भएको हो ।

भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा  फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

उनको आज बिहान ७:२० मा मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ९ : ४३ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै