स्क्वास प्रशिक्षक थापाले ‘जीते’ कोरोना « Khabarhub

स्क्वास प्रशिक्षक थापाले ‘जीते’ कोरोना


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय स्क्वास टिमका मुख्य प्रशिक्षक हिरा थापा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएको २४ दिनपछि थापा कोरोना मुक्त भएका हुन् ।

उनले सोमबार सञ्जाल फेसबुकबाट आफू कोरोना मुक्त भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘अन्ततः आज बिहान मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ र म परिवारसँगै घर फर्किएको छु । तर म अझै केही दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्नेछ।’

थापाले फेसबुकमा लेखेका छन्, ‘मलाई २४ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि म आफै आइसोलेसनमा बसेँ । पोजेटिभ भए पनि मलाई कुनै लक्षण देखिएको थिएन । मेरो स्वास्थ्य लाभको प्रार्थनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

गत साउन २५ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी सातदोबाटोस्थित स्क्वास संघको भवनमा सेल्फ आइसोलेसनमा बसेका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ३ : २७ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण