जरिवाना तिर्न नसक्दा दुबई विमानस्थलमै रोकिए १७ जना नेपाली « Khabarhub

जरिवाना तिर्न नसक्दा दुबई विमानस्थलमै रोकिए १७ जना नेपाली



दोहा – जरिवाना तिर्न नसक्दा यूएईबाट स्वदेश फर्किन लागेका नेपालीहरू विमानस्थलमै रोकिएका छन् । भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा समय सकिएबापतको जरिवाना शुल्क तिर्न नसक्दा १७ जना नेपाली दुबई विमानस्थलमा अलपत्र परेका हुन् ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडान २२९२ को उडानमार्फत स्वदेश फर्किनको लागि टिकट लिएकामध्ये १७ जना नेलालीले भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन नपाएको बताइएको छ ।

स्वदेश फर्किन लागेका अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको युएईस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ । सो उडानमार्फत २ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन् ।

युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भने पनि मार्चपछि भिसाको अवधि सकिएका सयौं नेपाली जरिवाना तिर्न पर्दा समस्यामा परेका छन् । नेपाल सरकारले समयै भिसा सकिएकाहरुलाई उद्दार नगर्दा उनीहरु जरिवाना तिर्न बाध्य छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ३२ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको