नेप्सेमा २२ अङ्कको वृद्धि | Khabarhub Khabarhub

नेप्सेमा २२ अङ्कको वृद्धि


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । काठमाडौँ उपत्यकाभित्र कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि शेयर बजारमा त्यसले कुनै प्रभाव पारेको छैन ।

लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोवारमा कुनै पनि उल्झन नआएको हो । बरु दैनिक जसोनै कारोवार रकममा वृद्धि भएको छ । मुलुकको अर्थतन्त्र चलायनमान अवस्थामा रहेको धितोपत्र बजारमा देखिएको उत्साहले सङ्केत गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा २२.३३ अङ्कको सुधार आएको छ । नेप्से झण्डै एक हजार ५०० को बिन्दु नजिक पुग्न लागेको छ । कूल २२.३३ बिन्दुले नेप्सेमा वृद्धि भई एक हजार ४८४.९९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.०५ ले वृद्धि भई २९८.३५ मा पुगेको छ । कूल १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर रु तीन अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर वृद्धि भएको छ । होटल उपसमूह ०.७७ बिन्दुले घट्दा बैंकिङ ४.९५, व्यापार १८.०५, विकास बैंक १.५, जलविद्युत् ३३.६१, वित्त १.१, निर्जीवन बीमा २३३.७, उत्पादन ८८.७१, अन्य ३७.४, लघुवित्त ८.५८, जीवन बीमा २६०.३३ र सामूहिक लगानी कोष ०.०८ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ७४ लाख ५७ हजार २२८ बराबरको कारोवार भयो । यस्तै नेको इन्स्योरेन्स रु १७ करोड ७८ लाख १९ हजार ७०४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १६ करोड ८१ लाख १३ हजार ३१७, शिवम् सिमेन्ट रु १५ करोड ७१ लाख ७६ हजार ७५९, हिमालयन डिस्टिलरी रु १५ करोड ३२ लाख ३४ हजार ४२६ र सूर्या लाइफ इन्स्योरेन्स रु १२ करोड ८७ लाख चार हजार ६४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी १०, उन्नति सहकार्य लघुवित्त ९.९४, एनआरएन इन्फ्रास्टकचर ९.९४, सिनर्जी पावर कम्पनी ९.६५, अरुण काबेली पावर ९.४५, रैराङ हाइड्रोपावर ९.२८, पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९.२४ प्रतिशतले कमाए ।

यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनी ७.२९, घोडीघोडा लघुवित्त ४.५८, ओरियण्टल होटल लिमिटेड ३.७२, मितेरी डेभलपमेन्ट बैंक २.६२, गुह्यश्वरी मर्चेन्ट बैंक २.३८ र सिन्धु विकास बैंकका शेयरधनीले २.३८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ०१ बजे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा