डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना « Khabarhub

डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना

आइसोलेसनबाटै भने, नआत्तिनुस् मलाई केही लक्षण छैन


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको छ ।

आफूमा शनिवार नै कोरोना संक्रमण पुष्टि भएको डाक्टर रिजालले खबरहबलाई बताए । शनिवार कोरोना पुष्टि भएपछि आइतवारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए ।

‘स्वास्थ्यकर्मीहरु कोरोनाको जोखिममा छौं, त्यही क्रममा मलाई पनि कोरोना पोजेटिभ भयो, मसँगै मेरो पत्नीलाई पनि कोरोना पुष्टि भयो,’ डा रिजालले खबरहबसँग भने, ‘शनिवार कोरोना पुष्टि भएपछि आइतबार हामी दुवै जना ह्याम्स अस्पतालमा भर्ना भएका छौं ।’

अस्पतालमा भर्ना भएपछि हाल कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले जानकारी दिए ।

‘हिजो अलि समस्या भएको थियो, त्यसैले अस्पताल भर्ना भयौं,’ डा रिजालले भने, ‘अहिले मेरो अवस्था सामान्य नै छ, लक्षणहरु पनि खासै छैन ।’

उनले बिरामीको स्वास्थ्य उपचार गर्दागर्दै चिकित्सकहरु कोरोना संक्रमित हुने र परिवारलाई पनि सर्न सक्ने जोखिम बढी रहेको बताए । उनले कोरोना संक्रमण हुँदैमा आत्तिनु नपर्ने बताए ।

‘हामी जो कसैलाई पनि कोरोना संक्रमण हुनसक्छ, तर कोरोना लागिहाल्यो भन्दैमा आत्तिनु हुँदैन, मलाई अहिलेसम्म ठिक छ, छिट्टै निको हुनेछौं भन्ने आत्मविश्वास छ,’ डा रिजालले भने, ‘चिकित्सकलाई कोरोना संक्रमण भयो भने, नराम्रो व्यवहार नगरौं, सबैको स्वास्थ्य उपचारमा खटिने चिकित्सकलाई सम्मान गरौं, कोरोना लाग्न सक्छ, सचेत बनौं ।’

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ७ : ०६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा