मलेसियामा लडेर शारीरिक अशक्त बनेका लिम्बुको उद्धार « Khabarhub

मलेसियामा लडेर शारीरिक अशक्त बनेका लिम्बुको उद्धार



दोहा : वैदेशिक रोजगारीका क्रममा मलेसियामा लडेर शारीरिक रुपमा अशक्त बनेका एक नेपालीको उद्धार भएको छ ।

सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले लामो समयदेखि शारीरिक अशक्त अवस्थामा रहेका धनकुटा राजारानीका नन्दकुमार लिम्बुको उद्धार गरी स्वदेश फर्काएको हो ।

आर्थिक अभावले अस्पतालबाट डिस्चार्ज समेत हुन नसकेका उनलाई जनउद्धार केन्द्रको पहलमा उपचार खर्च मिनाहा गरी स्वदेश फर्काइएको हो ।

लिम्बुसँगै उनको सहयोगीको रुपमा सोही स्थानका मोहन सुब्बालाई समेत हवाईभाडा उपलब्ध गराई हिमालयन एयरलाइन्सको चार्टर उडानमार्फत स्वदेश फर्काइएको केन्द्रका अध्यक्ष केशु थापा जानकारी दिए ।

उनलाई लिएर थापा तथा कोषाध्यक्ष देबेन्द्र गिरी मलेसियास्थित क्वालालम्पुर विमानस्थल पुगेका थिए ।

केशु थापा भन्छन् , ‘लिम्बुलाई कुनैपनी हालतमा घर फर्काउने संकल्प लिएका थियौं, त्यसैको दौरान कयौंपटक अस्पताल , अध्यागमन लगायत विभिन्न निकायहरुमा धाउदा पाएको / दिइएको सास्ती उनलाई विमानस्थल पुर्‍याएर फर्कदा सबै भुलेको छु ।’

यस कार्यमा कागजी र प्रशासनिक सहयोग गर्ने नेपाली दूतावास मलेसिया, अध्यागमन केन्द्र तथा विभिन्न ठाउँमा लाग्ने खर्च उपलब्ध गराउन भुमिका खेल्ने मोहन सुब्बा लगायत सम्पूर्ण सहयोगी मनहरुलाई जनउद्धार केन्द्र मलेसियाले धन्यवाद दिएको छ ।

आफू काम गर्ने कम्पनी अगाडि लडेर उनी शारीरिक रुपमा अशक्त बनेका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ९ : ५३ बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका