मलेसियामा लडेर शारीरिक अशक्त बनेका लिम्बुको उद्धार « Khabarhub

मलेसियामा लडेर शारीरिक अशक्त बनेका लिम्बुको उद्धार



दोहा : वैदेशिक रोजगारीका क्रममा मलेसियामा लडेर शारीरिक रुपमा अशक्त बनेका एक नेपालीको उद्धार भएको छ ।

सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले लामो समयदेखि शारीरिक अशक्त अवस्थामा रहेका धनकुटा राजारानीका नन्दकुमार लिम्बुको उद्धार गरी स्वदेश फर्काएको हो ।

आर्थिक अभावले अस्पतालबाट डिस्चार्ज समेत हुन नसकेका उनलाई जनउद्धार केन्द्रको पहलमा उपचार खर्च मिनाहा गरी स्वदेश फर्काइएको हो ।

लिम्बुसँगै उनको सहयोगीको रुपमा सोही स्थानका मोहन सुब्बालाई समेत हवाईभाडा उपलब्ध गराई हिमालयन एयरलाइन्सको चार्टर उडानमार्फत स्वदेश फर्काइएको केन्द्रका अध्यक्ष केशु थापा जानकारी दिए ।

उनलाई लिएर थापा तथा कोषाध्यक्ष देबेन्द्र गिरी मलेसियास्थित क्वालालम्पुर विमानस्थल पुगेका थिए ।

केशु थापा भन्छन् , ‘लिम्बुलाई कुनैपनी हालतमा घर फर्काउने संकल्प लिएका थियौं, त्यसैको दौरान कयौंपटक अस्पताल , अध्यागमन लगायत विभिन्न निकायहरुमा धाउदा पाएको / दिइएको सास्ती उनलाई विमानस्थल पुर्‍याएर फर्कदा सबै भुलेको छु ।’

यस कार्यमा कागजी र प्रशासनिक सहयोग गर्ने नेपाली दूतावास मलेसिया, अध्यागमन केन्द्र तथा विभिन्न ठाउँमा लाग्ने खर्च उपलब्ध गराउन भुमिका खेल्ने मोहन सुब्बा लगायत सम्पूर्ण सहयोगी मनहरुलाई जनउद्धार केन्द्र मलेसियाले धन्यवाद दिएको छ ।

आफू काम गर्ने कम्पनी अगाडि लडेर उनी शारीरिक रुपमा अशक्त बनेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ९ : ५३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा