काठमाडौँको धापासीमा छुरा प्रहार गरी युवकको हत्या, ६ जना पक्राउ « Khabarhub

काठमाडौँको धापासीमा छुरा प्रहार गरी युवकको हत्या, ६ जना पक्राउ


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

टोखा नगरपालिका–५ धापासी बसेर पेन्टिङको काम गर्दै आएका गोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिवस अधिकारी, रवी मगरसहित ६ जना छन् । उनीहरुको अरू विवरण खुलाईएको छैन ।

घटनामा संलग्न भएका भनिएका अरू २ जना फरार रहेकाले खोजी जारी रहेको  प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

युवतीको विषयमा ‘ग्याङ फाइट’ हुँदा घटना भएको हुन सक्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ०१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी