आजबाट एक महिनासम्म तुलसीको विशेष पूजा | Khabarhub Khabarhub

आजबाट एक महिनासम्म तुलसीको विशेष पूजा


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक महिनासम्म गरिने तुलसीको विशेष पूजाआराधना आजबाट सुरू भएको छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजबाट सुरू भएको हो ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : १४ बजे

नेपाल संवत र म्हः पूजाका मौलिक विशेषता छन् : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको

राष्ट्रपति भए अपराध नियन्त्रण गर्ने ह्यारिसको प्रतिबद्धता

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि

हङकङ सिक्सेस : इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै

काठमाडौं – नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ

मौसम पूर्वानुमान – भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौं – यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?

काठमाडौं –  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय