खेत जोत्ने ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु « Khabarhub

खेत जोत्ने ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका-८ को दार्जिलिङ हाइटमा खेत जोत्ने ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको जनाएको छ। उनी सोही ट्रयाक्टरका चालक हुन्।

दुर्घटना शनिबार बिहान १० बजेको समयमा भएको हो।

दुर्घटनाको खबर लगत्तै सोही क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीहरूले उद्धार गरी गम्भीर घाइते भएका सुवाललाई उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याएका थिए।

उपचारको क्रममा उनको मृत्यु भएको हो। परिसर प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले खेत जोत्ने हाते ट्रयाक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर लैजाँदा गर्दा अनियन्त्रित भइ दुर्घटना भएको पाइएको बताए।

सोही ट्रयाक्टर पल्टिँदै जाँदा ट्रयाक्टरमा रहेको फालीले सुवालको घाँटी लगायत शरीरको विभिन्न भागमा गम्भीर चोट परेको पाइएको पनि प्रवक्ता गिरीले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : ३१ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति