११ दिनपछि छलफलमा जुटे ओली-प्रचण्ड « Khabarhub

११ दिनपछि छलफलमा जुटे ओली-प्रचण्ड


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय छलफलमा जुटेका छन् । ११ दिनदेखिको संवादहीनता तोड्दै अध्यक्षद्वय ओली प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेपछि अहिले छलफल चलिरहेको छ ।

स्थायी कमिटीका निर्णय कायान्वयन गर्न प्रधानमन्त्रीले आलटाल गरेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार जान छोडेका प्रचण्ड आज बालुवाटार पुगेपछि दुई अध्यक्षबीचको संवादहीनता अन्त्य भएको हो ।

अध्यक्ष प्रचण्डसँग संवादका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफु निकटका नेताहरुलाई खुमलटार पठाएपनि संवादको अवस्था बन्न सकेको थिएन ।

आज बिहान नेता माधव नेपालसँग आफ्नै निवासमा छलफल गरेपछि प्रचण्ड बालुवाटार पुगेका हुन ।

स्थायी समितिले सरकारको समिक्षासहित मन्त्रीपरिषदको पुनर्गठन र राजनीतिक नियुक्तिको मापदण्ड तयार गरेर पार्टीको सहमति अनुसार सरकार अघि बढने बताएपनि प्रधानमन्त्रीले एकलौटी ढंगले अघि बढेपछि सम्बन्ध चिसिएको थियो ।

यसैबीच कर्णाली प्रदेशका देखा परेको विवादमा दुबै अध्यक्षबाट फरक फरक निर्देशन जारी भएका थिए ।

दुबै अध्यक्षबीच लामो समयदेखि जारी गतिरोध आज तोडिएपनि सहमति हुने सम्भावना भने अझै न्यून नै देखिन्छ ।

यो बीचमा प्रधानमन्त्री ओलीले माधव नेपाल लगायतका नेताहरुसँग संवाद गरेपनि नेकपा भित्रको विवाद झनै बढेर गएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : ३८ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग