११ दिनपछि छलफलमा जुटे ओली-प्रचण्ड « Khabarhub

११ दिनपछि छलफलमा जुटे ओली-प्रचण्ड


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय छलफलमा जुटेका छन् । ११ दिनदेखिको संवादहीनता तोड्दै अध्यक्षद्वय ओली प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेपछि अहिले छलफल चलिरहेको छ ।

स्थायी कमिटीका निर्णय कायान्वयन गर्न प्रधानमन्त्रीले आलटाल गरेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार जान छोडेका प्रचण्ड आज बालुवाटार पुगेपछि दुई अध्यक्षबीचको संवादहीनता अन्त्य भएको हो ।

अध्यक्ष प्रचण्डसँग संवादका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफु निकटका नेताहरुलाई खुमलटार पठाएपनि संवादको अवस्था बन्न सकेको थिएन ।

आज बिहान नेता माधव नेपालसँग आफ्नै निवासमा छलफल गरेपछि प्रचण्ड बालुवाटार पुगेका हुन ।

स्थायी समितिले सरकारको समिक्षासहित मन्त्रीपरिषदको पुनर्गठन र राजनीतिक नियुक्तिको मापदण्ड तयार गरेर पार्टीको सहमति अनुसार सरकार अघि बढने बताएपनि प्रधानमन्त्रीले एकलौटी ढंगले अघि बढेपछि सम्बन्ध चिसिएको थियो ।

यसैबीच कर्णाली प्रदेशका देखा परेको विवादमा दुबै अध्यक्षबाट फरक फरक निर्देशन जारी भएका थिए ।

दुबै अध्यक्षबीच लामो समयदेखि जारी गतिरोध आज तोडिएपनि सहमति हुने सम्भावना भने अझै न्यून नै देखिन्छ ।

यो बीचमा प्रधानमन्त्री ओलीले माधव नेपाल लगायतका नेताहरुसँग संवाद गरेपनि नेकपा भित्रको विवाद झनै बढेर गएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : ३८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना