बढी भाडा लिए ५ हजार जरिवाना « Khabarhub

बढी भाडा लिए ५ हजार जरिवाना


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिने थालेको छ।

लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन लगाएको थियो।

साउन २५ गते यता भने लकडाउन छैन। सार्वजनिक सवारी साधनहरूले सिट क्षमता अनुसार यात्रु बोक्न पाउने अवस्था छ।

तर, भाडा भने लकडाउनकै बेलामा जसरी ५० प्रतिशत बढी लिने गरेको गुनासोको आधारमा चेकिङलाई तीव्रता दिँदै हरेक सार्वजनिक सवारीमा पुरानो भाडादर राख्न लगाउने र बढी भाडा लिनेलाई कारबाही थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले बताए।

उनले अब यात्रुवाहक हरेक सवारीसाधनमा चालकले भाडादरको विवरण अनिवार्य राख्नुपर्ने बताए। नराखिए कारबाही गरिने उनको चेतावनी छ।

यसअघि शुक्रबारमात्रै बढी भाडा लिने र भाडादर नटाँस्ने ४२९ वटा सवारीसाधनलाई कारबाही गरिएको उनले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ४ : ०६ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग