पार्टी भित्रको विवाद सचिवालय बैठकबाट हल गर्न प्रचण्डको माग « Khabarhub

पार्टी भित्रको विवाद सचिवालय बैठकबाट हल गर्न प्रचण्डको माग


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी भित्रको आन्तरिक विवाद सचिवालय बैठकबाट टु‌ग्याउन माग गरेका छन् ।

आज बालुवाटारमा भएको छलफलमा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गर्दै पार्टीका सबै समस्या सचिवालय बैठकबाटै हल गर्नुपर्ने माग गरेका हुन् ।

भेटका क्रममा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाएर पार्टी भित्रको विवाद समाधान गर्न दबाब दिएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

आज दुई अध्यक्षबीच पार्टी सञ्चालनसहितका समसामयिक विषयवस्तु छलफल भएको छ । छलफलका क्रममा कोभिड महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्साको मुकेश चौरसिया घटना प्रकरणका विषयमा छलफल भएको छ ।

यी सबै विषयलाई सचिवालय बैठकमा छलफल गर्ने प्रचण्डको प्रस्ताव आएको र चाँडै सचिवालय बैठक बोलाउन ओली सकारात्मक भएको नेकपा स‌ंसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनले आवश्यकता अनुसार सचिवालय बैठक बोलाउन अध्यक्ष ओली सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री ओलीले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै दुई अध्यक्षबीच ११ दिनदेखि भेटवार्ता भएको थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ४ : १४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी