पार्टी भित्रको विवाद सचिवालय बैठकबाट हल गर्न प्रचण्डको माग « Khabarhub

पार्टी भित्रको विवाद सचिवालय बैठकबाट हल गर्न प्रचण्डको माग


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी भित्रको आन्तरिक विवाद सचिवालय बैठकबाट टु‌ग्याउन माग गरेका छन् ।

आज बालुवाटारमा भएको छलफलमा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गर्दै पार्टीका सबै समस्या सचिवालय बैठकबाटै हल गर्नुपर्ने माग गरेका हुन् ।

भेटका क्रममा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाएर पार्टी भित्रको विवाद समाधान गर्न दबाब दिएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

आज दुई अध्यक्षबीच पार्टी सञ्चालनसहितका समसामयिक विषयवस्तु छलफल भएको छ । छलफलका क्रममा कोभिड महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्साको मुकेश चौरसिया घटना प्रकरणका विषयमा छलफल भएको छ ।

यी सबै विषयलाई सचिवालय बैठकमा छलफल गर्ने प्रचण्डको प्रस्ताव आएको र चाँडै सचिवालय बैठक बोलाउन ओली सकारात्मक भएको नेकपा स‌ंसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनले आवश्यकता अनुसार सचिवालय बैठक बोलाउन अध्यक्ष ओली सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री ओलीले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै दुई अध्यक्षबीच ११ दिनदेखि भेटवार्ता भएको थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ४ : १४ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग