लागूऔषध गाँजा सहित ८ जना पक्राउ « Khabarhub

लागूऔषध गाँजा सहित ८ जना पक्राउ


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौं र उदयपुरबाट ८ जनालाई लागुऔषध गाँजासहित  पक्राउ गरेको छ ।  काठमाडौंबाट तीन जना र उदयपुरबाट ५ जनालाइ गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-२६ गोंगबु पवित्रनगरबाट १० किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी घर भएका २५ बर्षीय ईश्वर थापा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिणामको लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेको बा.९० प ६२८९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-१० देबधारबाट १ किलो ३ सय ६५ ग्राम लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ७२ बर्षीय सबुरलाल चौधरी समेत ५ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले लागूऔषध गाँजा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरी समेत खरिद गर्न आएका सोही ठाउँ बस्ने सुरेन्द्र दनुवार लगायत ५ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ९ : ४५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग