कोरोना महामारीको बेला किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ? « Khabarhub

कोरोना महामारीको बेला किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ?


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणे कात्तिक १९ गतेदेखि तीन दिने नेपालको भ्रमणमा आउँदैछन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउने भएका हुन् ।

यसअघि नै उनी नेपाल भ्रमणमा आउने तय भए पनि लकडाउनका कारण भ्रमण स्थगित भएको थियो ।

भ्रमणका क्रममा भारतीय सेनाध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाप्रमुखको उपाधि प्रदान गर्नेछिन् ।

नेपाल-भारत दुबै मुलुकका सेना प्रमुखलाई एक-अर्काको मुलुकको मानार्थ सेना प्रमुखको उपाधि दिने प्रचलन छ ।

नेपाल-भारत सीमा समस्याले गर्दा दुबै मुलुकको सम्बन्धमा दरार पैदा भएको भन्दै प्रचार गरिएका बेला भारतीय सेना प्रमुखको नेपाल भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतकारुपमा रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए ।

भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणले दुबै मुलुकको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

भारतले नेपाललाई कोरोना महामारीविरुद्ध लड्‍न सहयोग समेत प्रदान गर्दैआएको छ । महामारीका लागि भारत सरकारले पटक-पटक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

भारतीय सेनाले पनि नेपाली सेनालाई कोभिड-१९ विरुद्ध लड्‌नका लागि स्वास्थ्य उपकरण प्रदान गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ६ : ५८ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग