लमजुङका बाढी–पहिरो पीडितलाई २१ लाख सहयोग « Khabarhub

लमजुङका बाढी–पहिरो पीडितलाई २१ लाख सहयोग


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गत साउन ७ र ८ गते जमजुङको मर्स्यांग्दी गाउँपालिका–३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडित बनेका परिवारलाई २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा क्लब पामचोकले विभिन्न देशलगायतबाट संकलन गरेको २२ लाख ६० हजार १७६ मध्ये उक्त रकम आज सहयोग गरिएको हो ।

क्लबले गत साउन ८ गतेदेखि शुरु गरी तीन महिनासम्म पल्लोटारीलगायतका बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो । संविधानसभाका तत्कालीन सदस्य जमिन्द्रमान घले, क्लबका अध्यक्ष कुमार भण्डारीलगायतले वडाध्यक्ष तथा पल्लोटारी विपद् व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै नेता घलेले यहाँका बाढीपहिरा पीडितका लागि तीनवटै प्रदेश सरकार लागिपरिरहेका बेला नागरिकस्तरबाट समेत यसरी सहयोग आउँदा राज्यलाई थप सहज हुने बताए ।

बाढीपहिराले २१ घर पूर्ण ध्वस्त बनाएको थियो । त्यसबाट ३२ आधाजस्तै भत्किएको र २९ घर उच्च जोखिममा छन् । यतिबेला उनीहरु सोही वडामा बनाइएको अस्थायी टहरामा सहारा लिएर बस्दै आएका छन् ।

त्यस्तै, सो अभियान सञ्चालन गरी क्लबमार्फत सङ्कलित रकममध्ये अन्य वडा तथा पालिकाका बाढीपीडितलाई समेत आज नै प्रदान गरिएको छ । बाँकी रकम क्लबले प्राकृतिक प्रकोप कोष स्थापना गरी जम्मा गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ५८ बजे

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएन : स्मिथ

एजेन्सी– सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा

समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर

जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…

काठमाडौं – लामो समय ‘ओपन रिलेसन’मा बसेका नायक सौगात मल्ल

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु

एजेन्सी– नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि