बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन मन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन मन्त्री श्रेष्ठको निर्देशन


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिएका छन् ।

उनले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर बिसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

सो स्थलको शुक्रबार निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई कामको जिम्मेवारी पाएको लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले आगामी मङ्सिर १ गतेदेखि काठमाडौँ र ललितपुरको फोहोर बिसर्जन गर्न मिल्ने गरी काम भइरहेको अवगत गराएका थिए ।

कूल एक हजार ७ सय ९२ रोपनी जग्गा रहेको सो क्षेत्रमा अहिलेसम्म ल्याण्डफिल साइड जाने बाटोको निर्माण, डाँडा कटान, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण र दुईवटा भवन निर्माण सम्पन्न भएका छन् । अब फोहोर बिसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न बाँकी रहेको छ ।

मन्त्रीका साथ मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक पद्मकुमार मैनालीसहितको टोली निरीक्षणमा पुगेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ४५ बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय