मलेसियामा ६ नेपाली सेक्युरिटी गार्डको उद्धार « Khabarhub

मलेसियामा ६ नेपाली सेक्युरिटी गार्डको उद्धार



दोहा- मलेसियाको अध्यागमन विभागले ६ नेपाली सेक्युरिटी गार्डको उद्धार गरेको छ ।

रोजगारदाता कम्पनीको श्रम शोषणमा परेका उनीहरूलाई उद्धार गरिएको अध्यागमन विभागले जनाएको हो ।

पीडित नेपालीहरुलाई एटिप्सम र एम्ला पुत्राजाया अध्यागमन मुख्यालय पेटालिङ्गजाया सेलाङ्गरको रोकथाम डिभिजनले एक अभियान सञ्चालन गरि उद्धार गरिएको बिज्ञप्तिमा उल्लेख छ।

गोप्य सूचनाको आधारमा बिभागका प्रहरीहरु पीडित नेपालीहरुलाई बन्धक जस्तै बनाएर राखेको होस्टेल निरीक्षण र चेकजाँच गर्दा उनीहरु फेला परेका थिए ।

पीडितहरूका अनुसार ६ महिनादेखि तलब वा काम नदिएको बताएका छन् । रोजगारदाता कम्पनीले दैनिक जीवनका लागि पनि कुनै सहयोग नगरेको उनीहरुले आरोप लगाएका छन् ।

उनीहरूलाई सुरक्षा दिएर सुरक्षित घरमा राखिएको र कम्पनी मालिकलाई बोलाइएको विभागले जनाएको छ । कम्पनी र उद्धार गरिएका ती नेपालीहरु को हुन् भन्ने बारे केहि परिचय खुलाएको छैन ।

मानव बेचबिखनको आरोपमा मानव तस्करी रोकावट तथा ब्यवसाय विरोधी ऐन २००७ को धारा १२ अन्तर्गत अनुसन्धान भइरहेको बिभागका महानिर्देशक दातुक खैरुल दाजामे दौडले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ५८ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने