बाइडन–ह्यारिस प्रशासनका सम्भावित अनुहारहरू | Khabarhub Khabarhub

बाइडन–ह्यारिस प्रशासनका सम्भावित अनुहारहरू


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपतिमा निर्वाचित जो बाइडनले जनवरीमा शासनसत्ता समाल्नुअघि आफ्नो प्रशासनमा राख्ने व्यक्तिको छनोट थालेका छन् ।

वैश्विक महामारीका रूपमा रहेको कोरोना भाइरससँग जुध्दै अमेरिकाको अर्थतन्त्र सुदृढ बनाउन, जलवायु परिवर्तनसँग जुध्न र विदेश नीति पुनःस्थापित गर्न सहयोग गर्न सक्ने समूह उनलाई आवश्यक छ ।

सुरुवातमा उनले विदेशमन्त्री, गृहमन्त्री र राष्ट्रिय सुरक्षासँग सम्बन्धी पदका लागि छनोट गर्दैछन् । बाइडनले जोन केरीलाई जलवायु परिर्वतन सम्बन्धी विशेष दूत नियुक्त गर्ने अनुमान छ । यस्तो नियुक्ति सिनेटले अनुमोदन गर्नुपर्छ ।

बाइडनले आफ्नो प्रशासनमा धेरै जसो नियुक्तिमा ‘पहिलो पटक’ त्यस किसिमको जिम्मेवारी लिने व्यक्ति छनोट गर्ने अनुमान गरिएको छ, जुन आफैँमा एक इतिहास पनि हुनेछ ।
जेनेट यलेन पहिलो महिला वित्तमन्त्री बन्नेछिन् । जनरल लेयोड अस्टिन पहिलो अश्वेत रक्षामन्त्री बन्नेछन् । यद्यपि, बाइडनले कानून निर्मात र रङ्गभेदी आभियन्ताबाट धेरै पुरुष र गोरा जातिका मानिसलाई आफ्नो प्रशासनमा सहभागी गराएको भन्ने आलोचना खेप्दै छन् ।
यहाँ हामीले बाइडनले आफ्नो प्रशासनमा सहभागी गराई सकेका र गर्न बाँकी पदमा को कस्ता व्यक्ति आउँन सक्छन् भनेर अनुमान गरेका छौँ ।

विदेशमन्त्री : एन्टोनी ब्लिन्केन
बाइडनको राष्ट्रपतीय निर्वाचन अभियानका सदस्य समेत रहेका एन्टोनी ब्लिन्केन लामो समयदेखि बाइडनसँगै छन् । विदेशी कूटनीतिज्ञहरू ब्लिन्केनलाई एक उदारवादी नेताका रूपमा चिन्छन् ।

उनले रिपब्लिकन पार्टीका सिनेटरलाई पनि हातमा लिएर सिनेटबाट धेरै विधेयक पारित गराउन सक्ने विश्वास गरिएको छ ।

यस्तै, उनले बाइडन र प्रगतिशील समुदायका सदस्यहरूबीच मध्यस्थका रूपमा पनि काम गरेका छन् । ब्लिन्केनले बाइडन प्रशासनको विदेश नीति कस्तो हुन्छ भन्ने प्रगतिशील समुदायको चासो सम्बोधन गर्न सक्नेछन् ।

ब्लिन्केनको जीवन कूटनीतिक क्षेत्रमा बितेको देखिन्छ । पेरिसबाट माध्यमिक शिक्षा प्राप्त गरेका उनले हार्वड विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।  कोलम्बिया विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् ।

ब्लिन्केनका पिता डोनाल्डले पनि हार्वडबाट उच्च शिक्षा हासिल गरेका थिए जो पछि अमेरिकाका लागि हङ्गेरीका राजदूत भए । युवा अवस्थामा ब्लिन्केनले केही समय वकालत र पत्रकारिता गरेका थिए ।

उनीसँग अमेरिकाका पूर्वराष्ट्रपति क्लिन्टन प्रशासनमा राष्ट्रिय सुरक्षा परिषदमा काम गरेको अनुभव छ । ओबामा राष्ट्रपति हुँदा ब्लिन्केन राष्ट्रिय सुरक्षा सहायक सल्लकारको भूमिकामा थिए ।

गृहमन्त्री : एलेजेन्ड्रो मेयोरकास
मेयोरकास अमेरिकाको गृहमन्त्री भएको खण्डमा अमेरिकामा १८ वर्षपछि उनी पहिलो ल्याटिनो गृहमन्त्री हुनेछन् । मेयोरकाससँग ओबामा प्रशासनमा गृह राज्यमन्त्रीको हैसियतमा काम गरेको अनुभव छ ।

उनले ओबामा प्रशासनका दौरान संयुक्त राज्य अमेरिकाको नागरिकता र आप्रवासन सेवा निर्देशकका रूपमा पनि काम गरेका छन् ।
पूर्वराष्ट्रपति ओबामाको कार्यकालमा डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डीएसीए) नीतिको विरुद्ध भोट गरेका मेयोरकासले रिपब्लिकनबाट आलोचना व्यर्होनु पर्ने हुनसक्छ ।

सन् २०१३ मा ओबामाले मेयोरकासलाई अमेरिकाको गृह राज्यमन्त्री नियुक्त गर्दा कुनै पनि रिपब्लिकनले उनलाई भोट दिएका थिएनन् ।

राष्ट्रसंघका लागि राजदूत : लिन्डा थोमस ग्रिनफिल्ड
अमेरिकी विदेश मन्त्रालयमा ३५ वर्ष बिताएकी थोमस ग्रिनफिल्ड अमेरिकाका लागि लिबियाको राजदूत र अफ्रिकी मामिलाका लागि सहायक राज्यमन्त्री रहिसकेकी छन् । उनी वासिंटनको प्रतिष्ठित अश्वेत कूटनीतिज्ञका रूपमा परिचित छिन् ।
थोमस ग्रिनफिल्डसँग अमेरिकी विदेश मन्त्रालयको मानव संसाधान विभागको उच्च अधिकारीका रूपमा काम गरेको अनुभव पनि छ । उनको अनुभव राष्ट्रपतिमा निर्वाचित जो बाइडनका लागि सहयोगी सिद्ध हुनसक्छ ।
ट्रम्प प्रशासनका दौरान हौसला गुमाएका विदेश मन्त्रालयका कर्मचारीका लागि थोमसको नेतृत्व महत्वपूर्ण हुनसक्छ ।

गुप्तचर संस्थाको निर्देशक : अव्रल हेन्स
हेन्स अमेरिकी गुप्तचर समुदायमा उच्च पदमा पुग्ने पहिलो महिला र गुप्तचर संस्थाको पहिलो महिला निर्देशक हुनेछिन् ।

हेन्स राष्ट्रिय सुरक्षा परिषदको उपप्रमुखको पदमा रहिसकेकी छन् भने अमेरिकी गुप्तचर संस्था सीआईएको पूर्वउपप्रमुख पनि हुन् ।

ओबामा प्रशासनमा राष्ट्रिय सुरक्षा सहायक सल्लाहकार रहेका र हाल बाइडनले विदेशमन्त्रीका रूपमा नियुक्त गर्न चाहेका एन्टोनी ब्लिन्केनले स्थापना गरेको वेस्ट एक्जेक एड्भाइजर समूहमा पनि हेन्सले काम गरिसकेकी छन् ।

हेन्सले अमेरिकाको प्रगतिशील समुदायबाट आलोचना खेपेकी छन् । ओबामा प्रशासनले आतंकवादीलाई लक्षित गरी ड्रोन हमला गरेको विषयमा प्रगतिशील र मानव अधिकारवादी समुदायले हेन्सको आलोचना गरेका थिए । उक्त ड्रोन हमलामा स्थानीय मानिस हाताहत भएको विषयमा उनको आलोचना भएको थियो ।

जलवायु परिवर्तन सम्बन्धी विशेष दूत : जोन केरी
ओबामा प्रशासनमा विदेशमन्त्रीका रूपमा काम गरिसकेका केरीले पेरिस जलवायु सम्झौतामा अमेरिकाका तर्फबाट प्रमुख वार्ताकारका रूपमा काम गरेको अनुभव छ । उनीसँग २८ वर्ष सिनेटमा काम गरेको अनुभव पनि छ ।
बाइडनले २०२० को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताए पनि केरीले बाइडनलाई सुरुवाती चरणबाटै सहयोग गर्दै आएका छन् ।

वित्तमन्त्री : जेनेट यलेन
पूर्वफेडरल रिजर्व बैंकका अध्यक्षलाई आफ्नो वित्तमन्त्रीका रूपमा छनोट गरेका बाइडनले आफ्नो झुकाव चर्चित व्यक्तिमा रहेको देखाएका छन् ।

बाइडनले वित्तमन्त्री बनाउन चाहेका यलेनलाई धेरै डेमोक्रेटहरूले विश्वास गर्छन् । रिपब्लिकनहरूले पनि उनलाई सम्मान गर्छन् । जेनेट यलेन वाल स्ट्रिटका लागि स्वीकार्य नाम हो । बाइडन प्रशासनमा यलेनको संलग्नतासँगै उनको राष्ट्रपतीय कार्यकाल सुखद् हुने अनुमान गरिएको छ ।
वित्त क्षेत्रमा यलेनको अनुभव अतुलनीय छ । उनी विकसित राजनीतिक आयाममाझ पनि आफ्नो समर्थन जुटाउने क्षमता राख्छिन् । यसै कारण पनि बाइडनले उनलाई आफ्नो वित्तमन्त्री छनोट गरेका हुन् ।

ओएमबी निर्देशक : नीरा टान्डेन

बाइडन प्रशासनमा व्यवस्थापन र बजेट (ओएमबी) निर्देशकको भूमिका निकै महत्वपूर्ण हुनेछ । यो पद ग्रहण गर्ने व्यक्तिको जिम्मेवारी जलवायु परिवर्तन सम्बन्धी काम अथवा लाखौँ अमेरिकीका लागि संघीय एजेन्सीहरूमा नियम बनाउने र स्वास्थ्य सेवा विस्तार गर्ने हुनेछ ।
टान्डेन एक मुखर प्रजातान्त्रिक व्यक्ति हुन्, जो नीतिनियमका विषयमा जानकार छिन् । उनलाई यसमा काम गर्न खासै गाह्र्रो हुनेछैन ।
डेमोक्रेटले उनलाई राष्ट्रपतिको वार्षिक बजेट प्रस्ताव कंग्रेसमा पेश गर्न र त्यसका विषयमा सञ्चार गर्न एक प्रभावकारी व्यक्ति हुने विश्वास गरेको छ । तर, अमेरिकाको उदारवादी केन्द्रमा प्रवेश गरेसँगै उनले टीवटरमा प्रयोग गर्ने शब्दका कारण रिपब्लिकन सिनेटरनले उनको आलोचना गर्ने गरेका छन् ।

स्वास्थ्यमन्त्री : जेभियर बेसेरा
बेसेरालाई स्वास्थ्य तथा मानव सेवामन्त्री छनोट गरेर बाइडनले कोरोना महामारीलाई अमेरिकी सरकारले कसरी सम्बोधन गर्नेछ भन्ने छनक दिएका छन् ।
उनी वासिंटनका एक प्रबुद्ध व्यक्ति हुन्, जसले २५ वर्ष प्रतिनिधिसभामा बिताएका छन् । उनी एक पटक ककस समूहको अध्यक्षसमेत भएका थिए । उनीसँग प्रतिनिधिसभाको स्वास्थ्य समितिमा काम गरेको अनुभव पनि छ ।

रक्षामन्त्री : जनरल लेयोड अस्टिन
अस्टिनलाई छनोट गरेर बाइडनले एक खालको क्रम भङ्गता गरेका छन् । पूर्वसैनिक अधिकारीलाई रक्षामन्त्रीको जिम्मेवारी दिँदा बाइडनले अस्टिनलाई पहिलो अश्वेत रक्षामन्त्री पनि बनाउँदै छन् ।

सन् २०१६ मा पदबाट अवकाश पाउनुपूर्व अस्टिनले अमेरिकाको सैन्य कमाण्डका लागि प्रतिस्पर्धासमेत गरेका थिए ।

राष्ट्रपतिमा निर्वाचित बाइडन नजिक रहेका एक व्यक्तिले अस्टिनलाई रक्षामन्त्रीका रूपमा छनोट गर्नुको कारण बताउँदै भनेका छन् कि अस्टिन संकटको सामना गर्नमा परीक्षण भइसकेका व्यक्ति हुन् । उनी सैन्य क्षेत्रमा सम्मानका साथ हेरिन्छन् ।

कृषिमन्त्री : टम भिल्स्याक
ओबामा प्रशासनको आठ वर्षे कार्यकालमा कृषिमन्त्रीका रूपमा काम गरेका भिल्स्याकले बाइडनको राष्ट्रपतीय अभियानमा ग्रामीण र कृषि नीति सल्लाकारका रूपमा काम गरेका थिए ।

सन् २०१६ मा हिलरी क्लिन्टन राष्ट्रपति पदको प्रतिस्पर्धी हुँदा भिल्स्याक क्लिन्टनका प्रमुख प्रतिस्पर्धी थिए । ओबामा प्रशासनका दौरान भिल्स्याकले डेरी निर्यात परिषदको नेतृत्व गरेका थिए ।

व्यापार प्रतिनिधि : क्याथिरिन ताई
अमेरिकाको व्यापार प्रतिनिधिका रूपमा ताई नियुक्त हुँदा बेइजिङसँगको व्यापार समस्या समाधान गर्न अमेरिकालाई सहयोग पुग्नेछ ।

विश्वका दुई ठूला व्यापारिक राष्ट्रबीच उनले एक किसिमको समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने उनलाई चिन्ने व्यक्तिहरू बताउँछन् ।
अमेरिकाको दुवै सदनमा रहेका विधायकहरूले कंग्रेसमा भएको बहसमा ट्रम्प प्रशासनले नाफ्टाको सट्टामा ल्याउन खोजेको अमेरिका, मेक्सिको र क्यानडा बीचको व्यापार सम्झौताका विषयमा ताईले प्रस्तुत गरेको विचारको सराहना गरेका थिए ।
उनका समर्थकले उनले अमेरिका–मेक्सिको–क्यानेडा व्यापार सम्झौताका विषयमा कंग्रेसमा गरेको बहसका आधारमा भन्दा अन्य देशसँग बाइडन प्रशासनले गर्ने व्यापार सम्झौता अमेरिकाको हितमा हुने विश्वास गरेका छन् ।

(पोलेटिकोमा २३ डिसेम्बर २०२० मा प्रकाशित यो समाचार हामीले सम्पादनसहित भावानुवाद गरेका हौँ ।)

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ८ : ४१ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा