पश्चिमी वायुको प्रभावले पहाडी भेगमा आंशिक बदली « Khabarhub

पश्चिमी वायुको प्रभावले पहाडी भेगमा आंशिक बदली


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर पहाडी भेगमा आंशिक बदली अवस्था रहेको छ भने पश्चिमी तराईका क्षेत्रमा हुस्सु लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भाग बाहेकका क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीचमा रहने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ७ : २२ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा