यमनमा विष्फोट : २२ जनाको मृत्यु, ५० बढी घाइते « Khabarhub

यमनमा विष्फोट : २२ जनाको मृत्यु, ५० बढी घाइते


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यमनको दक्षिणी शहर अदन स्थित विमानस्थलमा भएको विष्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। विष्फोटमा ५० भन्दा बढी मानिस घाइते भएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान अवतरण भएलगत्तै त्यहाँ विष्फोट भएको थियो।

विष्फोटमा मारिएकाहरूमा अधिकांश सहायक कर्मचारी र अधिकारी रहेका छन्। यमनका प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्यहरू सकुशल रहेको जानकारी दिएका छन्। सूचना मन्त्रीले हमला हूती विद्रोहीले गरेको आरोप लगाएका छन्। हमला कायरतापूर्ण भएको उनको भनाइ छ।

‘हामी हाम्रा मानिसहरूलाई सबै मन्त्री परिषद सुरक्षित छ र विमानस्थलमा इरान समर्थित हूती विद्रोहीहरूले गरेको कायरतापूर्ण हमलाले हामीलाई हाम्रो जिम्मेवारीबाट भट्काउने छैन र हाम्रो जीवन अन्य यमनीको भन्दा मूल्यवान छैन। अल्लाहले मारिएका मानिसलाई शान्ति दिऊन र म घाइतेहरू छिटो ठीक हुन् भन्ने प्रार्थना गर्छु’, मन्त्री इरियानीले ट्विट गरेका छन्।

यमन सन् २०१५ देखि निरन्तर गृहयुद्धमा छ। युद्धका कारण यमनमा हालसम्म १ लाख १० हजार बढी मानिसको मृत्यु भएको छ। बुधबार भएको घटनाको एक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भिडियोमा सो घातक विष्फोटलाई स्पष्ट देख्न सकिन्छ। घटना हुनु केही समय अगाडिमात्र नयाँ मन्त्रीमण्डलका सदस्य त्यहाँ उत्रिएका थिए। विष्फोटका वखत मन्त्रीहरूको स्वागतमा उल्लेख्य संख्यामा मानिसहरू विमानस्थलमा भेला भएका थिए।

विष्फोट लगत्तै त्यहाँ मानिसहरूको भागाभाग भएको थियो भने केही समयपछि गोली चलेका आवाजहरू सुनिएको थियो। एएफपी समाचार एजेन्सीका संवाददाताले आफूले कम्तीमा दुईवटा विष्फोटको आवाज सुनेको जानकारी दिएका छन्।

यध्यपी विष्फोटको कारण अझसम्म पत्ता लागेको छैन। बीसीसीमा प्रकाशित समाचारका अनुसार साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडियोमा धावनमार्ग (टरम्याक)मा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ।

घटनामा आफ्ना एक कर्मचारी मारिएको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ। यस्तै यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप सचिव मारिएको र दुई जना उप-मन्त्री घाइते भएको बताएको छ।

सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो। प्रधानमन्त्री मीन अब्दुल मलिक सइदसहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ५ : १४ बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी