राप्रपा अध्यक्ष राणा भन्छन् – दलीय प्रतिनिधि राष्ट्रप्रमुख हुँदा समस्या आयो « Khabarhub

राप्रपा अध्यक्ष राणा भन्छन् – दलीय प्रतिनिधि राष्ट्रप्रमुख हुँदा समस्या आयो


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले मुलकमा विद्यमान कन्त बिजोगको एक प्रमुख कारण दलीय प्रतिनिधि राष्ट्रप्रमुख रहने व्यवस्था भएकोले राजसंस्थालाई पुनस्र्थापना गर्नु पर्ने धारणा अघि सारेका छन् ।

‘मलुकमा व्यवस्था सुधार गर्न, हिन्दु राष्ट्र पूनस्र्थापना गर्न र राजसंस्थालाई आलङकारिक रुपमा राष्ट्रप्रमुख पूनस्र्थापना गर्नु आवश्यक भएको छ,’ अध्यक्ष राणाले भने । यही उद्देश्य प्राप्त गर्न राप्रपाले पुष १७ गते, काठमाडौंमा विशाल जनप्रदर्शनको आयोजना गरेको उनले बताए ।

दलीय प्रतिनिधिलाई राष्ट्रप्रमुख बनाउनुको सट्टा, त्यो पद र तहमा राजसंस्थालाई पुनस्र्थापना गर्नु पर्नेमा राणाको जोड छ ।

राप्रपाद्वारा आयोजित विशाल जनप्रदर्शनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै राणाले सो विचार सार्वजनिक गरेका हुन् ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पूनस्र्थापना, गोलमेच सम्मेलन, भ्रष्टाचार नियन्त्रण, तीन तहको अव्यवहारिक कर खारेजी, महिला हिंसा र छुवाछुतको अन्त्य, वञ्चित र विपन्नलाई आरक्षण, कोभिड व्यवस्थापन लगायतका माग राख्दै सडक प्रदर्शन आयोजना गरेको हो ।

शुक्रबार ११ बजे भृकुटीमण्डपबाट आरम्भ हुने जनप्रदर्शनमा सहभागी हुन अध्यक्ष राणाले सम्पूण देशभक्त नागरिकहरुलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १० : ३३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका