लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगञ्जबाट पक्राउ « Khabarhub

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगञ्जबाट पक्राउ


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

प्रहरीको काठमाडौँस्थित महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट नियन्त्रणमा लिएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

सुशीला गोयलका नाममा दर्ता भएको उक्त चिनी मिलको सबै कारोबार अग्रवालले हेर्दै आएको जनाइएको छ ।

करिव २१ करोड रूपैयाँ किसानको बक्यौता भुक्तान गर्न बाँकी रहेको मिलले १ करोड रूपैयाँ भने बैंकमा दाखिला गरेको खुलेको छ ।

उखु किसानको रकम भुक्तानी नदिने उद्योगीविरूद्ध सरकारले पक्राउ पुर्जी जारी गरेको थियो ।

९० करोड रूपैयाँ भुक्तानी दिन तीन वर्ष हुँदा पनि नपाएको भन्दै गत मंसिर २८ देखि आन्दोलन गरेका किसानले पुस १३ मा आन्दोलन स्थगित गरेका छन् ।

सरकारले २१ दिनभित्र भुक्तानी दिलाउने प्रतिवद्धतासहितका ४ बुँदे सहमति गरेपछि उनीहरूको आन्दोलन स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १ : १४ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम