लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगञ्जबाट पक्राउ « Khabarhub

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगञ्जबाट पक्राउ


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

प्रहरीको काठमाडौँस्थित महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट नियन्त्रणमा लिएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

सुशीला गोयलका नाममा दर्ता भएको उक्त चिनी मिलको सबै कारोबार अग्रवालले हेर्दै आएको जनाइएको छ ।

करिव २१ करोड रूपैयाँ किसानको बक्यौता भुक्तान गर्न बाँकी रहेको मिलले १ करोड रूपैयाँ भने बैंकमा दाखिला गरेको खुलेको छ ।

उखु किसानको रकम भुक्तानी नदिने उद्योगीविरूद्ध सरकारले पक्राउ पुर्जी जारी गरेको थियो ।

९० करोड रूपैयाँ भुक्तानी दिन तीन वर्ष हुँदा पनि नपाएको भन्दै गत मंसिर २८ देखि आन्दोलन गरेका किसानले पुस १३ मा आन्दोलन स्थगित गरेका छन् ।

सरकारले २१ दिनभित्र भुक्तानी दिलाउने प्रतिवद्धतासहितका ४ बुँदे सहमति गरेपछि उनीहरूको आन्दोलन स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १ : १४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा