समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल « Khabarhub

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन ।

नेकपा मकवानपुरले हेटौँडामा गरेको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानलाई नयाँ उचाइका साथ अगाडि बढाइने उल्लेख गरे ।

उनले गत निर्वाचनमा जनताले व्यापक जनसमर्थनसहित कम्युनिष्ट पार्टीलाई शासन सत्ताको नेतृत्व सुम्पिएको उल्लेख गर्दै सरकारले जनचाहना अनुरुप नै रेलदेखि पाइलाइनबाट तेल ल्याउनेसम्मको काम गरेको बताए ।

यस्तै उनले कालापानी लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता ल्याउने, सगरमाथाको उचाइ मापन गर्ने, व्यक्तिले हडपेका सार्वजनिक जमीन फिर्ता ल्याउनेदेखि देशलाई सुरुङ मार्गको युगमा प्रवेश गराउने, भत्किएको धरहरा ठड्याएर नेपाली स्वाभिमान उठाउने, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणदेखि ठूला विकास आयोजनाको द्रुततर विकास, गाउँगाउँमा सडक, यातायात, प्राविधिक शिक्षालयको व्यवस्था, आधारभूत अस्पतालको व्यवस्थालगायत समृद्धिका लागि भएका प्रयास भुल्न नहुनेमा जोड दिए ।

“मूलतः नेकपाका श्रदेय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियताका सन्दर्भमा प्रदर्शन गर्नुभएको चट्टानी अडान, भारतीय दबाब, हैकमलाई बेवास्ता गर्दै, नाकाबन्दीलाई घुँडा टेकाउँदै संविधान निर्माणमा खेल्नुभएको भूमिका, विकास र समृद्धिका लागि देखाउनुभएको सपना, जनजीविकाका सवालमा देखाउनुभएको संवेदनशिलतालगायत कारणले जनताले समृद्ध नेपाल, सुखी नेपालीको जिम्मेवारीसहित नेकपालाई जनमत दिएका थिए”, पौडेलले भने ।

युवा सङ्घका संहसंोजक रमेश पौडेलले नेकपाभित्र आधिकारिकताको बहस आवश्यक नरहेको बताए ।

नेकपाका अर्का केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले ओली नेतृत्वको नेकपा नै आधिकारिक रहेको भन्दै पछिल्लो समयमा केही व्यक्ति मूल प्रवाहबाट भाग्न खोजेकाले मूलधार मै फर्कन आह्वान गरे ।

केन्द्रीय सदस्य अनन्त पौडेलले सरकारका राष्ट्रवादी कामका कारण प्रधानमन्त्रीले चौतर्फी घेराबन्धीको सामना गर्नुपरेको जिकिर गर्नुभयो । नेकपा केन्द्रीय सदस्य रामेश्वर राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, युवा सङ्घका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सन्तोष चौलागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ६ : २० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल