ओली निर्वाचित 'तानाशाह' बन्न खोजेको नेता पौडेलको आरोप | Khabarhub Khabarhub

ओली निर्वाचित ‘तानाशाह’ बन्न खोजेको नेता पौडेलको आरोप


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसले बिहीबार पोखरामा गरेको कार्यक्रममा उनले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाएका हुन् ।

उनले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै संयुक्त आन्दोलनबाटै निकास खोज्नुपर्ने जनाए । उनले सबै मिले राष्ट्रियता र संविधान बचाउनु पर्नेमा जोड दिए ।

उनले अरुको इशारामा यो राष्ट्रलाई भूमरीमा धकेल्ने प्रयास भएको बताउँदै प्रतिनिधिसभाको पुन:स्थापना हुनेमा विश्वास व्यक्त गरे ।

नेता पौडेल विघटित संसद पुन:स्थापनाको आन्दोलनमा कम्युनिस्ट (दाहाल–नेपाल) पक्षसँग कांग्रेस मिल्नुहुँदैन भन्नेहरु दरबार परस्त भएको बताए । इतिहासमा कम्युनिस्टसँग मिलेर चलाइएका संयुक्त संघर्षबाट कांग्रेसलाई कहिल्यै घाटा नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ७ : १८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका