मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ  « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ 


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटका रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका गङ्गा चौधरी छन् ।

उनीहरुमध्ये एक जनालाई ताकेश्वर नगरपालिकास्थित धर्मस्थली र चार जनालाई काठमाडौँ महानगरपालिका–१६ म्हैपीबाट पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङ गरेर राखेका मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ८ : ३१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया