राजनीतिक अस्थिरता अन्त्यका लागि अब हामीले देखाउने बेला आयो : नेता सिंह « Khabarhub

राजनीतिक अस्थिरता अन्त्यका लागि अब हामीले देखाउने बेला आयो : नेता सिंह


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा कांग्रेस जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र बीपी कोइराला” विषयक एक दिवसीय प्रवचन कार्यक्रममा उनले राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले काम गरेर देखाउने समय आएको बताए ।

अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि कांग्रेस जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, “राजनैतिक उतारचढाव हुँदा कांग्रेसले वागडोर सम्हालेको हो । अहिले फेरि त्यो काम गर्नु आवश्यक छ ।” अहिले संविधानको मर्म विपरीत सरकार अघि बढेकाले अस्थिरता बढेको उनले बताए ।

यसका लागि कांग्रेसले संविधानको मर्मलाई ख्याल गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

“सरकारले संसद् भङ्ग गर्नु संविधान विपरीत हो”, पार्टीका पूर्वमहामन्त्री सिंहले भने ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ८ : ४६ बजे

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको

तौललाई लिएर आलोचना गर्नेलाई कट्रिनाको जवाफ : आफैँ आफ्नो सबैभन्दा ठूलो समर्थक बन्नुपर्छ

काठमाडौं– अरूको नजरमा राम्रो देखिने दबाबभन्दा आफूलाई स्वीकार गर्नु महत्त्वपूर्ण

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्