महाभारत : कर्णसँग प्रेममा थिइन द्रौपदी !  « Khabarhub

महाभारत : कर्णसँग प्रेममा थिइन द्रौपदी ! 


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाभारतकी चर्चीत पात्र हुन् द्रौपदी । उनी महाभारतका विशेष पात्र पाँच पाण्डवकी साझा श्रीमती भएका कारण पनि धेरै चर्चामा आइन् ।

राजा द्रुपदले यज्ञको आयोजना गरी पुत्र धृष्टद्युम्न र पुत्री द्रौपदीलाई प्राप्त गरेका थिए । जन्मेको कयौँवर्षसम्म पनि राजा द्रुपदले आफ्नी पुत्रीको रुपमा द्रौपदीलाई स्वीकार गरेका थिएनन् । पाँच पाण्डवसँग विवाहपछि द्रौपदी पाञ्चाली नामबाट चिनिएकी थिइन् । द्रौपदीले अर्जुनभन्दा पहिला दानवीर कर्णसँग प्रेम गरेकी थिइन् । तर आफ्नो बुबा द्रुपदको प्रतिशोधपूर्ण प्रतिज्ञा र मानसम्मानका कारण द्रौपदी र कर्णको प्रेम सफल हुन सकेन ।

पाञ्चाल देशका राजा द्रुपदकी पुत्री भएकी कारण द्रौपदीको सुन्दरताका बारेमा कयौँ राज्यमा चर्चा चल्ने गर्थे । उनको सुन्दरता ,बुद्धि र विवेक देखेर धेरै राजाहरु मोहित भएका थिए । तर दानवीर कर्ण द्रौपदीको निडर स्वभाव देखेर निकै प्रभावित भएका थिए । द्रौपदी आफ्ना साथीहरुसँग घुम्न निस्कने गर्थिन् । र,द्रौपदीको सुन्दरताबाट मोहित भएका कर्णले द्रौपदीलाई मनदेखि नै मनपराउन थालिसकेका थिए ।

द्रौपदीलाई विवाहका लागि उनका पिता द्रुपदले राजकुमारहरुको तस्वीर देखाउने क्रममा कर्णको तस्वीर पनि सँगै देखाएका थिए । किनकी कर्ण दुर्योधनको साथी भएका कारण कर्णलाई सबैले राजकुमारकै मानसम्मान दिने गर्थे ।

द्रौपदीले कर्णलाई देखेर मनपराउन थालेकी थिइन् । दरवारमा स्वयम्बरको लागि आएका पाण्डव,राजकुमारको भीडमा कर्णलाई द्रौपदीले खोज्दै थिइन् । द्रौपदीलाई उनको पिता द्रुपदले भीष्म पितामहसँग प्रतिशोध लिने प्रतिज्ञा पहिले नै भनिसकेका थिए । साथै द्रौपदीले पनि कर्ण सूतपुत्र भनेर थाहापाइसकेकी थिइन् । यदि कर्णसँग उनको विवाह भएमा उनी जीवनभर दासकी पत्नी भएर बस्नुपर्ने थियो ।

कर्णसँग विवाह भएमा आफ्ना पिताको प्रतिज्ञा पनि पूरा हुने थिएन । यस दुविधामा परेर द्रौपदीले आफ्नो प्रेमलाई तिलाञ्जली दिने निर्णय गरेकी थिइन् ।

ऐजन्सीको सहयोगमा

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ४२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी