चलचित्र ‘कौसिद’को शुभ मुहूर्त, माघ १ गतेबाट छायांकन थालिने « Khabarhub

चलचित्र ‘कौसिद’को शुभ मुहूर्त, माघ १ गतेबाट छायांकन थालिने


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ‘कौसिद’को शुक्रबार चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको छ ।

निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरी फिल्मको शुभ मुहूर्त गरेका हुन ।

चलचित्रकर्मी केशव पाण्डेले मुहूर्त शटको क्ल्याप गरेका थिए । सोसल ड्रामा जनरामा बन्न लागेको चलचित्र ‘कौसिद’को आगामी माघ १ गतेदेखि छायांकन थालिने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको मुख्य भूमिकामा भोलाराज सापकोटा र ऋचा शर्मा रहनेछन् भने अन्य कलाकारहरु अडिसनबाट छनोट गरिने जनाइएको छ ।

मध्यम वर्गीय व्यक्तिले जीवनयापनका सहज तरिकाले चलाउन के कस्ता व्याधा व्यवधानको सामना गर्नुपर्छ भन्ने विषयमा चलचित्र केन्द्रित हुने बड पिक्चर्सका संस्थापक तथा फिल्म ‘कौसिद’का कार्यकारी निर्माता दिमेश श्रेष्ठले जनाए ।

औँठा छाप सहितको फिल्मको टीजर पोस्टर पनि लन्च गरिएको छ । सार्वजनिक गरिएको टीजर पोस्टर अनुसार नव बिजयप्रकाश श्रेष्ठ तथा धिरजन थपलियाले फिल्मको पट्कथा लेखेका हुन् ।

लक्षमण वानिया सह निर्माता रहेका छन् । फिल्मका अन्य कलाकारमा परिक्षीत विक्रम राणा, डा. निरञ्जन श्रेष्ठ, रूपेश दाहाल, निर्भिक भट्टराई, सदिक्षा गौतम, संदिप लोहनी, बिजय सुब्बा, कमल मण्डल लगायतका छन् भने फिल्मको छायांकन निशल पौडेलले गर्नेछन् ।

कोरोना महामारीका कारण झण्डै १० महिनासम्म चलचित्र क्षेत्रका गतिविधि बन्दा हुँदा यस क्षेत्रमा आवद्धहरु मारमा परेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : ५३ बजे

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि