संसद विघटनको विरोधमा ‘दाहाल-नेपाल’ समूहद्वारा प्रदेश २ मा आन्दोलन घोषणा  « Khabarhub

संसद विघटनको विरोधमा ‘दाहाल-नेपाल’ समूहद्वारा प्रदेश २ मा आन्दोलन घोषणा 


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहले प्रदेश नं २ मा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आठबुँदे निर्णय गर्दै २ नम्बर प्रदेश कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेसँंगै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा विघटन संवैधानिक नरहेको जनाउँदै आन्दोलनको विकल्प नरहेको बताए ।

पूर्वमन्त्री पोखरेलले जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनको उपलब्धिस्वरुप प्राप्त सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशितासहितका उपलब्धिको रक्षार्थ आन्दोलन आवश्यक रहेकामा जोड दिए ।

आफैँले प्रतिनिधिसभा विघटन गरी मन्त्रिमण्डल पुनःगठन तथा विभिन्न पदमा नियुक्तिलगायत कार्य सुहाउँदो नभएको विचार व्यक्त गरे ।

नेकपा प्रदेश कमिटीको विशेष बैठकले जारी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सहइञ्चार्ज विश्वनाथ साहका संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको अर्का प्रदेश सहइञ्चार्ज महेन्द्र पासवानले जानकारी दिए ।

समितिले यही पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

आन्दोलन सँगसँगै जनसङ्गठनका कामको व्यवस्थापन र सञ्चालन गर्ने बताउँदै नेकपाले प्रचारप्रसारसम्बन्धी व्यवस्थापनको जिम्मेवारी प्रदेश कार्यालयलाई दिइएको जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : ३९ बजे

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६