लकडाउनमा कण्डम र गर्भनिरोध चक्की ३ गुणा बढी बिकेको खुलासा « Khabarhub

लकडाउनमा कण्डम र गर्भनिरोध चक्की ३ गुणा बढी बिकेको खुलासा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोरोना संक्रमणकालिन लकडाउनको अवस्थामा विश्वभरको सबै काम प्रभावित भयो । यस क्रममा धेरै उत्पादन कम्पनी डुब्ने अवस्थामा पुगे । तर रोचक के छ भने विश्वका कैयौँ उत्पादन कम्पनी डुबेको बेला भारतमा भने कण्डम र आई पिल्सको बिक्री भने कैयौं गुणा बढेको खुलासा भएको छ । डुन्जो एडले गरेको सर्वे अनुसार भारतमा कण्डम र पिल्सको बिक्री बढेको खुलासा भएको हो ।

कोरोनाकालमा लकडाउनको समयमा मानिसहरु घरभित्र रहन बाध्य भए । यस क्रममा भारतमा भने कण्डमको बिक्री अत्यधिक भयो । यसमा अझ रोचक के छ भने मानिसले रातमाभन्दा दिउँसै कण्डमको खरिद बढी गरेको डुन्जो एपले खुलाएको छ । कन्सिअर्ज सर्भिस एप डुन्जोको डेलिवरी ट्रेण्ड्समा यो तथ्यांक बाहिर आएको हो ।

सर्वेको अनुसार डुन्जो एपमा कण्डमको अर्डर रातको तुलनामा दिउँसो बढि हुने गरेको थियो । लकडाउन ताका कण्डमको माग अन्य समयभन्दा तीन गुणा बढि थियो । हैदराबादमा करीब ६ गुणा, चेन्नईमा ५ गुणा र जयपुरमा ४ गुणा बढि भएको थियो । त्यस्तै मुम्बई र बेगलुरूमा रातमा भन्दा दिउँसो कण्डमको अर्डर ३ गुणा बढेको थियो ।

कण्डम मात्र होइन, लकडाउनको समयमा भारतमा गर्भनिरोधक चक्कि आईपिलको समेत माग बढेको थियो । सर्वे अनुसार गर्भनिरोधक चक्किको माग हुने स्थानमा बेगलूरु, पुणे, गुरुग्राम, हैदराबाद र दिल्ली प्रमुख थिए । त्यस्तै प्रेगनेन्सी टेस्ट किट्सको माग जयपुरमा बढि थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : १५ बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका