स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध « Khabarhub

स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहराइनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको छ ।

मनामास्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी गरी बहराइन अधिराज्य सरकारले बहराइनी नागरिकसरह त्यहाँ कार्यरत नेपालीलगायत सबैको हितका लागि कोरोना भाइरसको खोप निःशुल्क उपलब्ध गराएकोमा धन्यवादसमेत व्यक्त गरेको छ ।

“बहराइन सरकारले खोप कार्यक्रममा सहभागी भइनसकेकालाई नाम दर्ता गराउन बारम्बार आग्रह गरेकातर्फ राजदूतावास यहाँ रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्रा लिइसक्नुभएको र उहाँमा स्वास्थ्यसम्बन्धी कुनै जटिलता महसुस नभएकोसमेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : ५३ बजे

लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’

लमजुङ- निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश

नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट

सडकमा खटिन थाले निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपाली सेना दिवस तथा