राजदूत सुन्दासले लगाए कोरोनाबिरुद्धको खोप « Khabarhub

राजदूत सुन्दासले लगाए कोरोनाबिरुद्धको खोप


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले खोपको दुवै मात्र लिएको र कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा सरकारले बहराइनका नागरिक सरह त्यहाँ कार्यरत सम्पूर्ण नेपाली नारिकहरुलाई पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइरहेको जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै बहराइन सरकारले खोपका लागि नाम दर्ता गराउन आग्रह गरेको जानकारी दिदै त्यहाँ कार्यरत नेपालीहरुलाई पनि समयमै आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ ।

खोप लगाए पनि कोरोनाको जोखिम कम नभएकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न र त्यहाँको सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पालना गर्न समेत दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १ : १५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा