दोस्रोपटक बाबु बने कपिल शर्मा « Khabarhub

दोस्रोपटक बाबु बने कपिल शर्मा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड कमेडियन कपिल शर्मा र उनका फ्यानका लागि खुशीको खबर छ । यी कमेडियन पुनः दोस्रोपटक बाबु बनेका छन् ।

कपिलकी पत्नी गिन्नी चतरथले छोरालाई जन्म दिएकी हुन् । यो कुराको जानकारी कपिलले सामाजिक सन्जालका माध्यमबाट फ्यानलाई दिएका हुन् ।

‘नमस्कार आज बिहान हाम्रो घरमा छोराको जन्म भएको छ । भगवानको कृपाले आमा र बच्चा दुवै ठिक छन् । तपाईंहरु सबैको प्रेम र आशीर्वादका लागि धन्यवाद । सबैलाई धेरै माया, गिन्नी र कपिल’, उनले आफ्नो आधिकारिक ट्विटर एकाउन्टमा लेखेका छन् । सामाजिक सन्जालमा कपिलको यो ट्वीट भाइरल भइरहेको छ ।

गत वर्ष कपिलले आफ्नो सहकर्मी तथा साथी भारती सिंहको करवा चौथको समयमा एक इन्स्टाग्राम लाइभ गरेका थिए । जसमा गिन्नीलाई गर्भवती भएको देखाइएको थियो । गिन्नी केही व्यक्तिमाझ करवाचौथ मनाइरहेकी थिइन् । तर उनको गर्भवतीका विषयमा कपिलले आधिकारिक रुपमा केही बताएका थिएनन् ।

सन् २०१९ मा गिन्नीले छोरीलाई जन्म दिएकी थिइन् । उनीहरुको छोरीको नाम अनायरा शर्मा हो । कपिल र गिन्नीले सन् २०१८ डिसेम्बर १२ मा विवाह गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  २ : १५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण