म्यानमार भएको सैन्य ‘कु’ को विश्वभरबाट निन्दा, रूस र चीन मौन « Khabarhub

म्यानमार भएको सैन्य ‘कु’ को विश्वभरबाट निन्दा, रूस र चीन मौन


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमार भएको सैन्य ‘कु’ को विश्वभरबाट निन्दा भएको छ ।

संयुक्त राष्ट्र संघ, अमेरिका, भारतलगायतका लोकतान्त्रिक मुलुकहरूले सेनालाई कदम सच्याउन आग्रह गरिरहेका छन् ।

प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित विपक्षी नेतालाई नजरबन्दमा राखेर सेनाले शासनसत्ता हातमा लिएपछि विश्वभरबाट निन्दा भएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कु’प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।  निर्वाचनमा भएको नतिजा स्वीकार गर्न उनले आग्रह गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सबै सरकारी अधिकारीहरूको तत्काल रिहाइको माग गरेका छन् ।  ‘अमेरिका बर्माका नागरिकहरुको प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र विकासको चाहनाको पक्षमा छ । सेनाले तत्काल आफ्नो कदम सच्याउनुपर्छ,’ उनले भनेका छन् ।

अष्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले म्यानमारको सेनालाई कानूनी राजको सम्मान गर्न आग्रह गरेकी छन् ।

भारतले पनि म्यानमारको घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै कानून र प्रजातान्त्रिक मान्यताको सम्मान गरिनुपर्ने बताएको छ ।

म्यानमारको सैन्य ‘कु’ बारे यो समाचार तयार पार्दासम्म रूस र चीनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । घटनापछि टेलिभिजन, इन्टरनेटसहितका आमसञ्चारका साधनहरू बन्द गरिएको छ ।

म्यानमारमा गत नोभेम्बरमा आम निर्वाचन भएको थियो । उक्त निर्वाचनमा सत्तारुढ पार्टीले अत्यधिक बहुमतसहितको जित हात पारेको थियो ।

तर, यो निर्वाचनको नतिजामा भने सेना र उसको राजनीतिक सहयोगी पार्टीहरुले धाँधली भएको जनाउँदै आएका थिए ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १ : ०५ बजे

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो